• २० वैशाख २०८१, बिहिबार

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्यु

blog

सांकेतिक तस्बिर ।

देवराम प्रसाद यादव

सप्तरी, चैत १५ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ लोखरमका एक जना वृद्धको साइकलबाट लडेर मृत्यु भएको छ । 

जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं.१ बरही वीरपुरस्थित पश्चिमी कोशीपम्प नहर चोकभन्दा ३०० मिटर दक्षिणस्थित उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको साइकल यात्री ६९ वर्षीय पदमलाल दासको मृत्यु भएको हो । 

साइकलबाट लडेर गम्भीर घाइते दासको तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।