• ८ वैशाख २०८१, शनिबार

बोआओ फोरममा दुई हजार प्रतिनिधि सहभागी

blog

बोआओ, चैत १४ गते । आजदेखि यहाँ प्रारम्भ भएको ‘बोआओ फोरम फर एसिया’मा ५० भन्दा बढी देश र क्षेत्रका दुई हजार प्रतिनिधिले भाग लिएका छन् ।

हाइनान प्रान्तको यो तटीय सहरमा आयोजित फोरमको वार्षिक सम्मेलनमा ४० देश र क्षेत्रका १७० भन्दा बढी सञ्चारगृहका एक हजार एक सयभन्दा बढी पत्रकार सहभागी भएका फोरमका महासचिव ली बाओडोङले बताउनुभएको छ ।

कोभिड–१९ को महामारीपछि  भौतिक रूपमा सहभागीहरू फोरममा पहिलोपटक उपस्थित भएका हुन् । अनिश्चित विश्व र चुनौतीका बीच विकासका लागि एकता र सहयोग विषयमा हुने यो बैठकमा विकास, समावेशिता, सुरक्षालगायत विषयमा केन्द्रित रहेर छलफल हुनेछ । 

राष्ट्र–राष्ट्रबीच सहयोग र एकता प्रवर्द्धन गर्दै  क्षेत्रीय आर्थिक एकीकरण, खुलापन एवम् समावेशी विकासलाई केन्द्रमा राखेर यो वर्षको सम्मेलन आयोजना गरिएको महासचिव लीले बताउनुभएको छ । एसियाली मुलुकहरूलाई उनीहरूका विकासका लक्ष्य प्राप्तिमा सघाउन सम्मेलन फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । रासस/सिन्ह्वा