• ११ मंसिर २०८१, मङ्गलबार

जापानी चलचित्र महोत्सव हुने

blog

काठमाडौँ, चैत १० गते । जापानी संस्कृतिको प्रवद्र्धन गर्दै काठमाडौँमा जापान डे तथा जापानी चलचित्र महोत्सव हुने भएको छ । महोत्सव शुक्रबारदेखि काठमाडौँको राष्ट्रिय नाचघरको हलमा सुरु हुने नेपालस्थित जापानी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जापानी दूतावासको आयोजना तथा जापानी भाषा शिक्षक सङ्घ नेपालको सहकार्यमा शुक्रबार र शनिबार काठमाडौँस्थित राष्ट्रिय नाचघरमा महोत्सव हुने जनाइएको छ । चलचित्रको अङ्ग्रेजी भाषामा समेत भाषानुवाद हुने र पहिले आउने दर्शकलाई निःशुल्क प्रवेश गराइने विज्ञप्तिमा जनाइएको छ । सो महोत्सवबाट नेपाली जनताले नेपाली र जापानी चलचित्रबीचको समानता र अन्तरबारे तुलना गर्न पाउने आयोजकले विश्वास लिएको छ । महोत्सवमा पाँचवटा चलचित्र प्रदर्शन गरिनेछ ।