• ७ वैशाख २०८१, शुक्रबार

समावेशी सिद्धान्तअनुसार सञ्चारनीति ल्याउन आग्रह

blog

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ९ गते । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउनु पर्ने बताउनुभएको छ । बिहीबार सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उपमहासचिव गुरुङले व्यापक समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियोको संरक्षणका लागि सञ्चारनीति बनाउनुपर्नेमा जोड दिनुभयो । अहिलेको परिस्थितिअनुसार नीतिहरू निर्माण हुनुपर्ने बताउँदै समय परिवेशअनुसारका कानुन निर्माण गर्न आग्रह गर्नुभयो । 

नेपालको सञ्चारनीति बदलिँदो परिस्थितिअनुसार परिमार्जन नभएको उहाँको भनाइ छ ।  उहाँले सञ्चारनीतिमा टेकेर सामुदायिक रेडियोको लागि मात्रै सरकारले कानुन ल्याए मात्रै सामुदायिक रेडियो व्यवस्थित हुनसक्ने उहाँले बताउनुभयो । उपमहासचिव गुरुङले सामुदायिक रेडियोलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा राज्यको विशेष भूमिका हुन आवश्यक रहेको बताउनुभयो । 

उपमहासचिव गुरुङले राज्यले सामुदायिक रेडियोको संरक्षणका लागि विधेयक ल्याउँदा रेडियो संरक्षणका लागि आफ्नो पार्टी सदैव अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो ।