• १७ असार २०८१, सोमबार

वैदेशिक रोजगार विभागका नायबसुब्बा पाण्डेमाथि घुस लिएको आरोप

blog

काठमाडौं, चैत ८ गते।  वैदेशिक रोजगार विभाग, काठमाडौंमा कार्यरत नायबसुब्बा प्रमोद पाण्डेमाथि घुस लिएको आरोप लागेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएको आरोप लागेको जानकारी दिनुभयो।

आयोगको विज्ञप्तिमा आरोपितले बैङ्क खाता सुचारु गरिदिने तथा तारेख लगायतका मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको उल्लेख छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर भएको आयोगले जनाएको छ।