• ७ वैशाख २०८१, शुक्रबार

चट्याङ लागेर धनगढीको एक घरमा क्षति

blog

अविनाश चौधरी

धनगढी, चैत ८ गते । कैलालीको धनगढी उपमहानगरपालिका –५ तारानगरमा चट्याङ लागेर एक घरमा क्षति भएको छ । स्थानीय कुन्नुनारायण चौधरीको घरमा चट्याङ लागेर क्षति भएको हो । 

चौधरीका अनुसार पक्की घरको दोस्रो तल्लामा दिउँसो चट्याङ परेको थियो । चट्याङबाट चार फिट लम्बाइ र २ं५ फिट चौडा प्वाल परेको छ । यसैगरी, चट्याङबाट विद्युत् स्विच, सब मिटर, इन्भर्टर बक्समा क्षति पुगेको छ । 

घरमा पार्किङ गरेर राखिएको बा ०१९०२६ च ५१०८ नम्बरको कार र से ५ प ७४६६ नम्बरको स्कुटरमा समेत क्षति भएको चौधरीले बताउनुभयो । हिजो मङ्गलबार करिब दिनभरि धनगढीमा वर्षा भएको थियो ।