• १३ वैशाख २०८१, बिहिबार

भारतीय प्रतिष्ठित अवार्डमा नेपाली नाटक

blog

रङ्गकर्मी विमल सुवेदी

काठमाडौं, चैत ७ गते। नेपाली रङ्गकर्मी विमल सुवेदीले निर्देशन गर्नुभएको नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित ‘महेन्द्र एक्सेलेन्सी थिएटर अवार्ड’ को चार विधामा मनोनयनमा परेको छ। 

सुवेदीको लेखन समेत रहेको नाटक उत्कृष्ट निर्देशन, सङ्गीत, नृत्य र प्रकाश विधामा मनोनयनमा परेको हो। उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने अवार्डमा ‘दि डिपार्टेड डन’ चार सय ९५ वटा नाटकबाट छनौट भएर उत्कृष्ट १० मा पर्न सफल भएको हो। 

छानिएका दश वटा नाटक मार्च २५–२९ सम्म भारतको नयाँ दिल्लीमा मञ्चन हुँदैछन्। नाटकलाई निर्देशक सुवेदीले चलचित्र बनाउने सिलसिलामा तयार पार्नुभएको हो। नाटकमा “जन्मथलो छाड्न बाध्य नेपाली भाषी भुटानीको अवस्था कथा चित्रण गरिएको निर्देशक सुवेदीले बताउनुभयो।