शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १२ गते । आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ । काठमाडौँमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपियाँसमेत प्रदान गरियो ।
सम्मानित स्रष्टा खरेलको पहिलो गीत ‘ए दूरका सितारा मेरो चाँदनी कहाँ छ...’ २०१४ सालमा रेकर्ड भएको थियो । त्यसपछि उहाँ निरन्तर अगाडि बढ्नुभएको हो । उहाँका ‘हिमालको काखमा छ सानो मेरो गाउँ’, ‘तिमीले चुमेका पाइला’, ‘उसको मायाले मा¥यो थाहा पाएन’, ‘यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू’, ‘नमान लाज यस्तरी कि...’, ‘वसन्त नै बस्न खो.. लगायत सात सयभन्दा बढी गीत छन् ।