• ११ वैशाख २०८१, मङ्गलबार

फिल्म 'गणपति' जेठ ५ मा

blog

काठमाडौं, चैत ७ गते । आगामी जेठ ५ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘गणपति’ले पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा शीर्ष कलाकार मुकुन भुसाल र मेनुका प्रधानलाई देख्न सकिन्छ । 

सविन अधिकारीको निर्देशनमा बनेको फिल्ममा लेखन पनि अधिकारीकै छ । 

फिल्ममा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय छ ।

बिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गर्नुभएको फिल्मलाई हरिबहादुर घलेको खिच्नुभएको हो ।