• १२ साउन २०८१, शनिबार

नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी विजयी

blog

गोविन्द शर्मा

बाँके, चैत ५ गते । बाँकेको नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्षमा अखिल क्रान्तिकारीका दिपिका सोनी विजयी हुनुभएको छ । अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका सोनी ८१ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार निलिमा गिरीले ७८ मत प्राप्त गर्नुभयो । यसैगरी सचिवमा एमाले सम्वद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी हुनुभएको छ । कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघका रेलुसा खत्री विजयी हुनुभयो ।  

त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको नर्सिङ्ग क्याम्पसमा आइतबार भएको निर्वाचनमा १६१ जना मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको थियो । स्ववियु निर्वाचनमा एमाले सम्वद्ध अनेरास्ववियु र नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनबीच प्रतिष्पर्धा भएको हो । सदस्यहरुमा अनेरास्ववियुका ईशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी बिजयी हुनुभएको छ ।