• १५ वैशाख २०८१, शनिबार

दीपक शर्माको ‘डाँडै पिपल’मा सुधीर र आरुषीको अभिनय

blog

काठमाडौं, चैत ४ गते। सङ्गीतकार दीपक शर्माको शब्द र सङ्गीतमा तयार भएको गीत ‘डाँडै पिपल’को म्युजिक भिडियो सार्वजनिक भएको छ। मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र आरुषी मगरको अभिनय रहेको छ।

गीतमा समीक्षा अधिकारी र झलक पुनको स्वर रहेको छ। डाँडै पिपलको एरेन्ज नरेन्द्र वियोगीले गर्नुभएको हो।  लोक शैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ। 

नवराज उप्रेतीको छायाङ्कन, नवीन घर्ती मगरको सम्पादन रहेको डाँडै पिपलको भिडियो झलक पुन युट्युब च्यानलबाट सार्वजनिक भएको हो।