• १३ मंसिर २०८१, बिहिबार

जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट

blog

काठमाडौँ, चैत ३ गते । जुम्लामा पहिलो पटक उच्च गतिको फाइबर इन्टरनेट सुरु भएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक वल्र्ड लिङ्क कम्युनिकेसनले कर्णाली प्रदेशमै पहिलो पटक जुम्लामा यस्तो सेवा सुरु गरेको हो । काठमाडौँकै गुणस्तर बराबरको फाइबर इन्टरनेट जुम्लामा सुरु गरिएको कम्पनीका अध्यक्ष दिलीप अग्रवालले बताउनुभयो । 

वल्र्ड लिङ्कले जुम्लाबाहेक कर्णालीका अन्य सबै जिल्लामा पनि भविष्यमा फाइबर इन्टरनेट सुरु गर्ने जनाएको छ । कम्पनीका अध्यक्ष अग्रवालले जुम्लामा यसअघि वायरलेस इन्टरनेट मात्र उपलब्ध भएको र फाइबर इन्टरनेट पनि जोडिएसँगै कर्णाली प्रदेशभर यसलाई विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । जुम्लामा फाइबर इन्टरनेट उपलब्ध गराउन १५ करोड रुपियाँभन्दा बढी लगानी भएको उहाँले बताउनुभयो । 

जुम्लामा फाइबर इन्टरनेट सुरु गर्न कम्पनीसँग सहकार्य गरेको बेलायतको सीडीसी गु्रपका अध्यक्ष श्री नागार्जुनले नेपालका दुर्गम क्षेत्रमा पनि फाइबर इन्टरनेट सेवा सुरु हुनु महत्वपूर्ण उपलब्ध भएको बताउनुभयो । जुम्लामा पाँँच सय घरधुरीले वल्र्ड लिङ्कको फाइबर इन्टरनेट प्रयोग गरिरहेका छन् ।