• ११ मंसिर २०८१, मङ्गलबार

‘मुन्द्रेको कमेडी क्लब’ प्रसारणमा

blog

काठमाडौँ, चैत ३ गते । हास्य कलाकार जितु नेपालको कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन बिहीबारदेखि प्रसारणमा आउने भएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागेको सोमा पहिलो अतिथि अभिनेता प्रदीप खड्का रहनुहुनेछ । सामाजिक सञ्जालमार्फत कलाकार नेपालले सो छायाङ्कनको एक तस्बिर सार्वजनिक गर्नुभएको छ । केही दिनअघि बिहीबार प्रसारण हुने एपिसोडको ट्रेलर सार्वजनिक गरिएको थियो । 

सोको नयाँ सिजनको अध्यक्षमा अभिनेत्री प्रियङ्का कार्की रहनुभएको छ । यसअघि सोको अध्यक्षमा दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर हुनुहुन्थ्यो । उक्त सोमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् । सुमन गिरी ‘भान्जा’ कार्यक्रम संयोजक रहेको सोलाई दिनेश डीसीले निर्देशन गर्दै हुनुहुन्छ ।