• १३ असोज २०८१, आइतबार

फिडर छात्रावास भवन निर्माण

blog

नयाँ बनेको फिडर छात्रावासको पक्की भवन । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा,चैत ३ गते । ढिलै भए पनि दोलखाको सदरमुकाम चरिकोट स्थितको कालिन्चोक माध्यमिक विद्यालयको फिडर छात्रावास भवन निर्माण भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्त्रगतको ७२ लाख रुपियाँमा यो भवन निर्माण भएको भीमेश्वर नगरपालिका सबईन्जिनियर भविन्द्र थापाले जानकारी दिनु भयो । 

उहाँका अनुसार विद्यालयको निर्माण उपभोक्ता समितिमार्फत यो भवन निर्माण भएको हो । ३२ वाई ७५ फुट क्षेत्रमा ११ वटा कोठा, तीन वटा शौचालय र दुई वटा बाथरुम बनेका छन् । तीन तले भवन निर्माण हुने योजना रहे पनि अहिले एक तला मात्र निर्माण भएको छ । भवनको क्षेत्रफल २८१६ वर्ग मिटर रहेको उहाँले बताउनु भयो ।

भूकम्प गएको आठ वर्षपछि छात्राहरूले नयाँ पक्की भवनमा बस्न पाउने भएका छन् । यो भवन नबन्दा कटेरोमै बसोबास तथा पठनपाठन गर्नु परेको थियो । कालिन्चोक माविमा अध्ययनरत कक्षा ११ र १२ गरी २० छात्राहरू यहाँ रहन्छन् । दलित तथा जनजाति छावाहरू मात्र यहाँ रहन पाउने नियम रहेको छ ।