• १० मंसिर २०८१, सोमबार

गैरआवासीय राजदूत नियुक्त

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, फागुन २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मारोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सोमबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासी राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’’