• १३ साउन २०८१, आइतबार

नवनिर्वाचित राष्ट्रपति पौडेलको राजीनामा स्वीकृत

blog

नेपाली कांग्रेस पार्टी कार्यालय । फाइल तस्बिर

काठमाडौं, फागुन २८ गते। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वीकृत गर्नुभएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार साँझ विज्ञप्ति जारी गर्दै सभापति देउवाले उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो। 

फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएका कांग्रेसका वरिष्ठ नेता पौडेलले आइतबार बिहान पार्टीको सम्पूर्ण पद, जिम्मेवारी र साधारण सदस्यबाट समेत अलग हुने गरी सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा राजीनामा पेस गर्नुभएको थियो।

कांग्रेस सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आइतबारदेखि नै लागू हुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो।