• १३ साउन २०८१, आइतबार

एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला

blog

नेकपा (एमाले) को प्रमुख सचेतक पदम गिरी र सचेतक महेशकुमार बर्तौला । फाइल तस्बिर

काठमाडौं, फागुन २८ गते।  नेकपा (एमाले) को प्रमुख सचेतकमा सांसद पदम गिरी मनोनित हुनुभएको छ।

एमाले पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई आइतबार प्रमुख सचेतकमा मनोनित गर्नुभएको हो।

यसैगरी, सचेतकमा सांसद महेशकुमार बर्तौलालाई मनोनित गरिएको मनोनयन पत्रमा उल्लेख छ।

उहाँहरुलाई एमाले संसदीय दलको विधान, २०७७ बमोजिम मनोनित गरिएको जनाइएको छ।