• १३ साउन २०८१, आइतबार

पाँचथर बहुमुखी क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध

blog

पाँचथर बहुमुखी क्याम्पसको स्ववियुमा निर्विरोध भएका विद्यार्थी नेता।

राधा लुइटेल

फिदिम, फागुन २७ गते। पाँचथर बहुमुखी क्याम्पस फिदिमको स्वतन्त्र विद्यार्थी युनियन अध्यक्षमा नेपाल विद्यार्थी सङ्घकी मुना नेपाली निर्विरोध निर्वाचित हुनुभएको छ।

निर्वाचन तालिका अनुसार शनिबार भएको मनोनयन प्रक्रियामा नेपालीसहित उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष पदमा एक एक जनाको उम्मेद्वारी दर्ता भएको हो। एकएक जनाको उम्मेदवारी दर्ता भएकाले सबै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो क्याम्पसको स्ववियु उपाध्यक्षमा नेकपा (एमाले) निकट अनेरास्ववियुका उमेश सुवेदी, सचिवमा अखिल क्रान्तिकारीका प्रवेश राई, सहसचिवमा नेकपा (एस) निकट अनेरास्ववियुका उमेश राई, कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनकी रोजा जबेगु निर्विरोध हुनुभएको हो।

विद्यार्थी सङ्गठनले सहमति गरेर पद बाँडफाँट गर्दै उम्मेद्वारी दर्ता गराएकाले सबै पदाधिकारी निर्विरोध भएको नेविसङ्घ जिल्ला अध्यक्ष तुलसी आचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार १० सदस्यीय स्ववियुमा पाँचथर क्याम्पसका लागि बाँकी १० जना सदस्यको पनि सहमतिमै मनोनयन दर्ता भएको छ। स्ववियु अध्यक्षमा निर्वाचित मुना नेपाली बीएड चाैथो वर्षमा अध्ययनरत हुनुहुन्छ।