• ४ पुस २०८१, बिहिबार

मेघ गर्जनसहित वर्षाको सम्भावना

blog

काठमाडौँ, फागुन २७ गते । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन-चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आंशिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव ८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।