काठमाडौँ, पुस ४ गते । मलेसिायमा जारी एसिसी महिला यु–१९ एसिया कपको सुपर फोर अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
मलेसियाको बायोमास ओभलमा बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले एक ओभरमा एक विकेट गुमाउँदै एक रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि पुन: खेल सञ्चालन हुन नसक्दा दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् ।
लिग चरणमा नेपालले समूह ‘बी’ र श्रीलङ्काले समूह ‘ए’ बाट सुपर फोरमा स्थान बनाएको हो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।
वर्षाका कारण नेपालले भारतसँगको दोस्रो खेलमा पनि अङ्क बाँडेको थियो । नेपालले सुपर चारको अन्तिम खेलमा शुक्रबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।