• १५ असार २०८१, शनिबार

काठमाडौँमा वर्षा जनजीवन प्रभावित

blog

काठमाडौँ,  फागुन  २४ गते । अहिले काठमाडौँ उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज (बुधवार) बिहानैबाट काठमाडौँसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै मौसम सफा नहुँदा आन्तरिक उडानसमेत प्रभावित बनेको छ ।