• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिका लागि मत माग्न रास्वपा कार्यालयमा सुवास नेम्वाङ

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्नुहुँदै नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङसहितका नेता ।

काठमाडौं, फागुन १८ गते। नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुग्नुभएको छ। 

राष्ट्रपतिका उम्मेदवार रहनुभएका  पूर्व सभामुख एवम् एमाले नेता नेम्वाङ वसुन्धरास्थित रास्वपा कार्यालय पुगेर सभापति रवि लामछिानेसँग भेटघाट गर्नुभएको हो।

नेम्वाङसहित एमाले नेता पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, नेतृ विद्या भट्टराई लगायत नेताले रास्वपाका नेताहरुसँग भेटघाट गर्नुभएको हो। 

फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ। बिहीबार बिहान नेम्वाङले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय पुगेर पार्टी अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको थियो। 

नेकपा (एमाले) ले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको छ। केही दिनयता नेम्वाङ अन्य दलका नेतासँग मत माग्न व्यस्त हुनुहुन्छ। कांग्रेसले भने आठ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ।