• ९ पुस २०८१, मङ्गलबार

स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न

blog

सप्तरीको महादेवा गाउँपालिका –१ स्थित स्वास्थ्य चौकी भवन । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, फागुन १५ गते । सप्तरीको महादेवा गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी पकरीको भवन निर्माणको काम सम्पन्न भएको छ । लामो समयपछि स्वास्थ्य चौकीको आफ्नै जग्गामा तीन कोठे र एउटा शौचालयसहित आ.व. २०७९–८० मा वडाबाट विनियोजन बजेट ९ लाखको लागतमा सो  भवन निर्माण भएको हो ।  

महादेवा गाउँपालिका १ स्थित चन्द्र नहरको छेउमा निर्माण भएको सो भवन ९ लाखमा प्लास्टर, झ्याल, ढोका, रङरोगन, ढोका र झ्यालमा ग्रिल, विधुतीकरण तथा प्राङ्गणमा माटो पुर्ने काम भएको महादेवा गाउँपालिकाका इन्जिनियर धीरेन्द्र यादवले सञ्चारकर्मीलाई बताउनुभयो । 

स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण भएपछि स्थानीयवासीलाई सेवा गर्न सहज हुने वडाध्यक्ष जयश्वर किशोर दासले बताउनुभयो । स्वास्थ्य चौकीको आफ्नै जग्गामा भवन नहुँदा परीस्थित चन्द्र नहरको घरबाट सेवा प्रवाह गर्दैआएको थियो । स्वास्थ्य चौकीको आफ्नो भवन नहुँदा विगत दशकौँदेखि चन्द्र नहरको घरबाट सेवा प्रवाह गर्नुपरेको उपभोक्ता समितिका अध्यक्ष राजकुमार सदाले बताउनुभयो । 

अहिले भवन निर्माण कार्य सम्पन्न भएपछि दशकाैँदेखिको स्थानीयको सपना पूरा भएको बताउनुभयो । महादेवा गाउँपालिकाको ९ लाखको लगानीमा तीन कोठे र शौचालयसहित भएका उक्त भवन निर्माण कार्य सम्पन्न भएको गापा अध्यक्ष सुनिलकुमार मण्डलले बताउनुभयो ।