• १० मंसिर २०८१, सोमबार

गजल

blog

रहेको छ हाँसो अधरको अधरमै

भयो बात मीठो नजरको नजरमै ।


खपेको छ तिर्खा नदी छेउमा यो

नभेटेर पानी बगरको बगरमै ।


तुरेको न यात्रा भुलेको छ यात्री

हराएर उस्तै सगरको सगरमै ।


हिँडेको छ डुल्दै किनारै किनारा ।

बिराएर बाटो डगरको डगरमै ।


दिएको छ धोका न साक्षी किनारा

छुटेको छ साथी नगरको नगरमै ।