• २० असार २०८१, बिहिबार

केपी ओली कपको ट्रफी सार्वजनिक

blog

केपी ओली कप फुटबलको ट्रफी सार्वजनिक गरिँदै । तस्बिर : सागर बस्नेत

काठमाडों, फागुन ९ गते । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा फागुन ११ गतेबाट १७ गतेसम्म आयोजना हुन लागेको च्याम्पियनसिपको ट्रफी मंगलबार सार्वजनिक गरिएको हो । सङ्घले ट्रफीसँगै प्रतियोगिताको चिनारी गीत सार्वजनिक गरेको छ ।

च्याम्पियनसिपमा ‘ए’ डिभिजन क्लबका आठ टोलीसहित आठ टोलीको प्रतियोगिता आठ टोलीको सहभागिता रहनेछ । च्याम्पियनसिपका खेलहरू एन्फा मैदान सातदोबाटोमा हुनेछ । फाइनल खेल दशरथ रङ्गशालामा हुनेछ । च्याम्पियनसिपको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । 

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई जनही ५० हजार तथा प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।