• ११ मंसिर २०८१, मङ्गलबार

टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

blog

काठमाडौँ, फागुन ९ गते । विनाशकारी भूकम्प गएको २ साता भित्रै टर्कीमा फेरि भूकम्प गएको छ । जसका कारण ३ जनाको मृत्यु भएको छ । ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट ६ सय ८० भन्दा बढी घाइते भएका छन् ।

टर्कीको दक्षिणी क्षेत्र आन्तक्य, डेफ्ने र सामन्दगीमा बढी क्षति पुगेको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले जानकारी दिनुभयो । प्रत्यक्षदर्शीका अनुसार प्रभावित क्षेत्रहरूमा थप क्षति भएको र मानिसहरू भग्नावशेषमा पुरिएका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

पटक पटकको परकम्पनपछि आएको भूकम्पका कारण टर्की र सिरिया क्षेत्रमा त्रास बढेको छ । आपत्कालीन उद्धार र राहतका लागि आवश्यक तयारी गरिएको पनि सरकारी अधिकारीहरूले बताएका छन् ।

टर्कीमा गत फेब्रुअरी ६ यता मात्र साना ठुला गरी ६ हजार भन्दा बढी परकम्प भएको अधिकारीहरूले बताएका छन् । यसअघि गएका २ ठुला भूकम्पमा परी टर्की र सिरियामा गरी ४४ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । बिबिसीबाट