• १३ मंसिर २०८१, बिहिबार

दाङमा ग्याँस सिलिण्डर पड्किदा दुई घाइते

blog

फाइल तस्बिर

लिलाधर वली

घोराही, फागुन ४ गते । दाङको तुलसीपुर उपमहानगरपालिका –१६ को लहलौरामा खाना पकाउने ग्याँसको सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् ।  

लहलौरामा रहेको कृषि बीउ उत्पादन कम्पनीमा बिहीबार बिहान खाना पकाउने क्रममा ग्याँस पड्किदा स्थानीय ५० बर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका –५ निवासी २९ बर्षीय आशिष् खनाल घाइते हुनुभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।  

‘आज बिहान खाना पकाउनेक्रममा ग्याँसको सिलिण्डर पड्किदा दुई जना घाइते हुनुभएको छ’ प्रहरी नायव उपरीक्षक मल्ले भन्नुभयो, ‘दुई जनामध्ये कुसुम केसीको अवस्था गम्भीर छ ।’ गम्भीर घाइते केसीको कम्मर मुनिको भाग धेरै जलेका कारण स्वास्थ्य गम्भीर रहेको छ । घाइते केसीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ । 

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार अर्का घाइते खनालको दुवै हात र खुट्टा जलेका छन् । खनालको अवस्था खतरामुक्त रहे पनि घाइते आफैले चितवनमै उपचार गर्ने भने पनि राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले बताएको छ । 

कृषिसम्बन्धी अध्ययन गरेका खनाल उक्त कृषि फर्ममा प्राविधिकका रूपमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।