• २० असोज २०८१, आइतबार

सिटिजन्स बैङ्क र कालिन्चोक दर्शन लिमिटेडबीच समझदारी

blog

काठमाडौं, माघ ४ गते । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र पशुपति रोड, गौशालास्थित कालिन्चोक दर्शन लिमिटेडबीच सिटिजन्स बैङ्कका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैङ्कका कार्डबाहकहरुले कालिन्चोक केबल कार सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ । 

बैङ्कले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग इकाईहरूबाट करिब १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।