• १३ साउन २०८१, आइतबार

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बस्दै

blog

काठमाडौं, फागुन ४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते आइतबार बस्ने भएको छ ।

बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका एजेण्डामा छलफल हुने जसपाले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बिहान ११ बजे सुरु हुने छ ।