• ११ मंसिर २०८१, मङ्गलबार

वैशाखमा चलचित्र ‘हल्कारा’

blog

काठमाडौँ, फागुन ३ गते । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आएका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ । चलचित्रले गाउँमा चिठी पु-याउने एक हल्काराका माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ । 

चलचित्रमा महेश र विनितासँगै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथानक विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेख्नुभएको हो ।