• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, फागुन २ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले मङ्गलबार अपराह्न ४ बजेर १ मिनेटमा बैठक सुरु भएको हो । 

आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्थ–वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनुहुने छ ।

<

त्यस्तै, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९’सभासमक्ष पेस गर्नुहुने छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि नै अपराह्न ४ बजेर १ मिनेटमा बैठक बस्ने गरी निर्धारण गर्नुभएको महासचिव गौतमले बताउनुभयो ।