शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवासमा भएकाे भेटमा उहाँहरूबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।