• १३ साउन २०८१, आइतबार

नेपाल बाह्य शक्तिको खेल मैदान बन्दैछ : अध्यक्ष यादव

blog

तौलिहवामा आयोजना भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले सम्बोधन गर्दै । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा, फागुन १ गते । जनता समाजवादीका पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेपाल बाह्य शक्तिको खेलमैदान बन्दैआएको बताउनुभएको छ । जसपा नेपाल कपिलबस्तुले तौलिहवामा राखेको अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले मुलुकमा जबसम्म राजनीतिक स्थिरता र मजबुत सरकार हुँदैन तबसम्म सरकारले बनाएको कानुन पनि लागु गर्न नसक्ने बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयो, “नेपाल बहिरी मुलुकको खेलमैदान बन्दै गएको छ, हामीले यो मुलुकलाई कसैको खेलमैदान बन्न दिनु हुँदैन ।”

अहिलेको सरकारप्रति छिमेकी राष्ट्रको पनि विश्वास नरहेको उहाँको भनाइ छ । हामी सरकारलाई समर्थन मात्र गरेका हौं, सरकारको पक्षमा नरहेको उहाँले बताउनुभयो । कार्यक्रममा जसपा नेपालका प्रदेश अध्यक्ष अशोक यादव, प्रदेश उपाधयक्ष अब्दुल रसिद खाँ, कपिलबस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।