काठमाडौं, माघ २६ गते। नेकपा (माओवादी केन्द्र) को पार्टीको भर्चुअल बैठक जारी रहेको छ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल बैठकमा सम्बोधन गरिरहनुभएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो।
शर्माले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले भर्चुअल बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ।” बैठकमा पार्टीका पदाधिकारी एवम् केन्द्रीय सदस्य सहभागी हुनुभएको छ।
पार्टीका सांगठानिक विषयमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्य विभाजन एवम् निर्देशनात्मक कुरा राख्नुहुने जनाइएको छ।