काठमाडौं, माघ २६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
बिहीबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। पार्टी सचिवालय बैठक सकेर एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न सिंहदरबार पुग्नुभएको हो।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।