• ९ पुस २०८१, मङ्गलबार

प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीसहित प्रमुख निर्वाचन आयुक्त सहभागी

सिंहदरबारमा निर्वाचन प्रणाली सुधारबारे अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुत हुँदै

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सिंहदरबारमा आयोजित कार्यक्रम।तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, माघ २६ गते। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानको अध्ययनको प्रारम्भिक निष्कर्ष र प्रस्तुतीकरण कार्यक्रम सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री तथा प्रमुख निर्वाचन आयुक्तको सहभागितामा अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रम आयोजना भएको हो।