• १३ साउन २०८१, आइतबार

प्रतिबन्धित लागुऔषधसहित तीन पक्राउ

blog

दिपकप्रसाद गौतम

वीरगञ्ज,  माघ २५ गते । मालवाहक ट्रकमा लुकाई छिपाई प्रतिबन्धित लागुऔषध ल्याएको आरोपमा पर्सा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश २–०३–००१ क १९३४ नम्बरको मालवाहक ट्रकमा लुकाई छिपाई ठूलो परिमाणमा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो । 

लागु औषधसहित पक्राउ पर्नेमा ट्रकचालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा ९ का ४२ वर्षीय निर्मल पौडेल, सोही स्थानका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्का रहेका छन् ।

जिल्ल प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार वीरगन्ज महानगरपालिका २५ ड्राइपोर्ट चोक अगाडिको सडकमा ट्रक रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोराभित्र लुकाइ छिपाइ ल्याइएको २३३ बोत्तल प्रतिबन्धित लागु औषध प्रहरीले बरामद गरेको छ । 

प्रहरीले प्रतिबन्धित लागुऔषध ओनरेक्स १६६ बोत्तल र कोडिवेल ५७ बोत्तल बरामद भएको उहाँले जानकारी दिनुभयो ।  प्रहरीले लागुऔषध र ट्रकसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।