• १६ चैत २०८०, शुक्रबार

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त

blog

छिन्चु समाचारदाता

सुर्खेत, माघ २१ गते । कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गर्नुभएको हो । 

मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने मुख्य न्यायाधिवक्तामा खड्कालाई शुक्रबार नियुक्त गरिएको हो । उहाँलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नियुक्त गरिएको हो । 

खड्काले शुक्रबार नै शपथ ग्रहणसमेत गर्नुभएको छ ।  उहाँलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।