• १४ वैशाख २०८१, शुक्रबार

सुरक्षा कारबाहीमा दुई जना आतङ्ककारी मारिए

blog

इस्लामावाद, माघ २० गते । उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् ।

खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतङ्ककारीबीच भएको दोहोरो झडमा ती आतङ्ककारी मारिएका तथा उनीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको पाकिस्तानी सेनाले आज (शुक्रबार) जनाएको छ ।

आतङ्कवादविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने सङ्कल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ । सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर)ले हिंसाको सहारा लिने कुनै पनि समूह र निकायविरुद्ध निरन्तर लड्ने दृढता विज्ञप्तिमा व्यक्त गरिएको छ । रासस/सिन्ह्वा