• २५ पुस २०८१, बिहिबार

बागमतीले उखु क्रसिङ वृद्धि गर्ने

blog

नवलपरासी, माघ २० गते । नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको बागमती खाडसारी चिनी मिल्सले यस वर्षमा १० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्ने भएको छ ।  

यस वर्ष उखु उत्पादन बढेपछि अघिल्ला वर्षको भन्दा बढी उखु क्रसिङको तयारी गरेको सो उद्योग सञ्चालक राम थापाले जानकारी दिनुभयो । 

नवलपरासी जिल्लामा सञ्चालित लुम्बिनी चिनी उद्योग, इन्दिरा चिनी मिल र बागमती खाडसारी चिनी उद्योग गरी तीनवटा चिनी उद्योग सञ्चालनमा छन् । यी तीन उद्योगमध्ये बागमती चिनी उद्योगले सबभन्दा बढी उखु क्रसिङ गर्ने भएको हो । 

बागमती चिनी उद्योगले पछिल्ला तीन वर्षदेखि किसानलाई प्रोत्साहन गर्न बीउ, मल, विषदीलगायतका सामग्री प्रदान गर्दै आएको छ । पछिल्ला दुई वर्षमा सो उद्योगले तीन करोड रुपियाँभन्दा बढी लगानी गरेको बताइएको छ । 

बागमती चिनी उद्योगले उखु क्रसिङको क्षमता प्रतिदिन १२ हजार क्विन्टलबाट बढाएर १५ हजार क्विन्टल पु-याएको छ ।