• १३ साउन २०८१, आइतबार

यातायातमन्त्री श्रेष्ठलाई महासंघले बुझायो १४ बुँदे माग

blog

सार्वजनिक यातायात केन्द्रीय महासंघका पदाधिकारीसँग छलफल गर्नुहुँदै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : यातायातमन्त्रीको निजी सचिवालय

काठमाडौं, माघ १८ गते। सार्वजनिक यातायात केन्द्रीय महासंघले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई १४ बुँदे माग तथा सुझाव बुझाएको छ। 

बुधबार दिउँसो मन्त्रालयमा पुगेर यातायात व्यवसायीको छाता संगठन सार्वजनिक यातायात केन्द्रीय महासंघले मन्त्री श्रेष्ठलाई विभिन्न माग र सुझावसहितको ज्ञापनपत्र बुझाएको हो। 

महासंघको टोलीले मन्त्री श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामनासमेत दिएको छ। महासंघको टोली मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन जाँदा १४ बुँदे माग तथा सुझाव पेश गरेको हो। 

महासंघका अध्यक्ष डोलनाथ खनालले हस्ताक्षर गर्नुभएको १४ बुँदे सुझावमा सवारी साधनको अवैज्ञानिक विस्थापन आयु नीति खारेज गर्नुपर्ने, पर्यटन यातायातलाई व्यवस्थित गर्नुपर्ने, विद्युतीय भाडा भुक्तानी कारोबार हुनुपर्नेलगायत माग राखिएको छ।