• १३ असोज २०८१, आइतबार

फोर्स गाडी दुर्घटनामा १३ जना घाइते

blog

दुर्घटना भएको फोर्स गाडी । तस्बिर : गोरखापत्र

प्रेमराज सिम्खडा

कालीकोट, माघ १७ गते । सुर्खेतबाट कालीकोट तर्फ आउदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२०० ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेख स्थित रामाघाटमा दुर्घटना भएको हो । 

दुर्घटनामा  पाँच जना गम्भीर घाईते भएका छन् । अन्य आठ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर प्रसाद यादवले चामुण्डाबिन्दाशैनी नगरपालिका अन्तरगर्त रामाघाटमा फोर्स गाडी सडक भन्दा ८० मिटर तल खसेको बताउनुभयो । 

उहाँले फोर्समा ११ जना यात्रु र दुई जना चालक गरी १३ जना रहेको र सबै घाईते भएको बताउनुभयो । अहिले बिरामीलाई अस्पतालतर्फ लैजाने काम भईरहेकाले घाईतेको पहिचान केही समयपछि गरिने बताउनुभयो । चालक सामान्य घाईते भएकालेनियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।