• ८ वैशाख २०८१, शनिबार

फिल्म 'मनसँग मन'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, माघ १६ गते । कैलाश राईको निर्देशनमा बनेको फिल्म 'मनसँग मन' को ट्रेलर सार्वजनिक भएको छ । हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

अरुण तामाङले निर्माण गर्नुभएको फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, महेन्द्र बगदास, सन्ते दा, चाँदनी प्रधानलगायत कलाकारको अभिनय छ । फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा विशेष भूमिकामा देखिनेछन्।

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र अगोम गुरुङको सङ्गीत, कमल राई र रामजी  लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायाङ्कन, अर्जुन जिसीको सम्पादन छ। 

फिल्म माघ २७ गतेदेखि प्रदर्शन हुने तयारीमा छ ।