• १२ साउन २०८१, शनिबार

उपसभामुख चौधरीद्वारा पार्टीको जिम्मेवारी परित्याग

blog

सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख कोइलीदेवी चौधरी । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, माघ ११ गते। सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले) को सम्पूर्ण जिम्मेवारी परित्याग गर्नुभएको छ। 

आफूले सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा जिम्मेवारी पाएकोले आफ्नो पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उहाँले प्रेस विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिनुभएको हो। 

आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन उपसभामुखको जिम्मेवारीमा रहँदासम्म एमालेको राजनीतिक र साङ्गठनिक जिम्मेवारीमा नरहने उहाँले प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। 

नेकपा (एमाले)का चौधरी सत्तापक्ष दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश सभाको उपसभामुखमा निर्वाचित हुनुभएको हो। उहाँ समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।