• ६ कात्तिक २०८१, मङ्गलबार

पदाधिकारीसँग छलफल गर्न थापा ग्रीनलिफ रिसोर्टमा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पार्टीका पदाधिकारीसँग केन्द्रीय समिति बैठकको तयारी बारेमा छलफल गर्न ओशो तपोवन छेउमा रहेको ग्रीनलिप्स रिसोर्ट पुग्नुभएको छ । 

माघ ९ र १० गते काठमाडौंमा हुने केन्द्रीय समिति बैठकको तयारीबारेमा पार्टी पदाधिकारीसँग अध्यक्ष थापा छलफल गर्न उहाँ त्यहाँ पुग्नुभएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाद्वारा प्रस्तुत हुने राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ ,सङ्गठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डा. विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गरेका छन् । 

प्रतिवेदनमाथि पदाधिकारीले टिप्पणीसहित आफ्नो धारणा राख्नेक्रम जारी रहेको बर्तौलाले बताउनुभयो । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयहरूमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिनुभयो । आगामी माघ ९ र १० गते पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाइएको छ ।