• १३ असोज २०८१, आइतबार

लक्ष्मीनारायण माविकाे स्वर्ण स्तम्भ सांसद माझीद्वारा अनावरण

blog

लमजुङ, माघ ५ गते । लमजुङको दोर्दी गाउँपालिका २ अर्चलबोटमा रहेको लक्ष्मीनारायण मावि अर्चलबोटले स्वर्ण जयन्ती मनाएको छ । 

स्वर्ण जयन्तीको अवसरमा विद्यालय प्राङ्गणमा निर्माण गरिएको संवरण स्तम्भ र जग्गा दाता तथा मुख्य संस्थापक मोहनबहादुर कुँवरको अर्धकदकाेे सालिकको प्रतिनिधिसभा सदस्य उर्मिला माझी पौडेलले अनावरण गर्नुभएको हो ।  


प्रतिनिधि सभा सदस्य माझीले विद्यालयको शैक्षिक प्रगतिले नेपालकै उत्कृष्ट एक सामुदायिक विद्यालय हुनसक्ने भएकाले सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुहुँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पौडेलले स्वर्ण जयन्तीका अवसरमा विद्यालय क्षेत्र सरसफाइ, स्वर्ण स्तम्भ, स्वर्णद्धार निर्माणका काम भइरहेको बताउनुभयो । 

वि.सं. २०२९ सालमा स्थापना भएको विद्यालय प्रशासनका अनुसार ८ लाख १८ हजार रुपैयाँ सहयोग रकम सङ्कलन भइसकेको छ । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा हाल १ सय ६८ विद्यार्थी अध्ययनरत छन् ।