• १२ मंसिर २०८१, बुधबार

गोदावरीमा स्काउट तालिम सुरु

blog

ललितपुर, माघ ४ गते । गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलमा पहिलो पटक एकहप्ते एडभान्स तथा उड्व्याज तालिम सुरु भएको छ । यो ५१ औँ उड्व्याज र ४४ औँ एडभान्स स्काउट तालिम हो । सोमबारबाट सुरु भएको तालिम माघ ८ गते समापन हुनेछ ।

तालिमको कोर्ष लिडरका रूपमा पुरुषतर्फ सत्यनारायण शाही र महिलातर्फ विजयश्वरी अमात्यको टिमसहित तालिम दिइरहेको छ । एकहप्तासम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका जिल्लाहरूका योग्यता पुगेका स्काउटहरूको सहभागिता रहेको गोदावरी नगर स्काउटले जनाएको छ ।

स्काउटरहरुको वृत्ति विकास गर्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको तालिमका कोर्ष लिडर सत्यनारायण शाहीले जानकारी दिनुभयो । 

ललितपुरमा पहिलो पटक एडभान्स तथा उडव्याज तालिम गोदावरी नगर स्काउट र बागमती प्रदेशको संयोजनमा भएको तालिम कोर्ष डाइरेक्टर देवराज घिमिरेले बत्ताउनुभयो ।

तालिममा ३२ पुरुष र २० जना महिला स्काउटको सहभागिता रहेको छ ।