• ४ जेठ २०८१, शुक्रबार

यति एयरलाइन्सको जहाज दुर्घटना

शव निकाल्ने क्रम जारी : विमानस्थल पूरै बन्द

blog

सेती खोचमा रहेको विमानमा लागेको आगो । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, माघ १ गते । दुर्घटनामा परेकाको यती एयर लाइन्सको नाइनएन–एएनसी एटिआर ७२ बायुयानबाट शव निकाल्ने क्रम जारी रहेको छ । 

विमानमा लागेको आगो नियन्त्रणमा आएको र उद्धारकर्ताले धमाधम शव निकाल्ने जारी रहेको जानकारी प्राप्त भएको छ । घटनास्थलबाट  यात्रुलाई अस्पतालमा लैजाने क्रम जारी छ । 

यसैबीच, बिहान काठमाडौँबाट पोखराका लागि उडेको नाइनएन–एएनसी एटिआर ७२ बायुयान पोखरा बिमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बिचमा रहेको सेती किनारामा दुर्घटना भएको र यात्रु संख्या ६८ र चालकदलका ४ जना रहेको जानकारी यति एयर लाइन्सले जनाएको छ । विमानमा १० विदेशी र चालक दलका सदस्यसहित ७२ यात्रुको जीवन सङ्कटमा परेको छ ।