• २३ असार २०८१, आइतबार

महान फुटबलर पेलेको निधन

blog

पेले ।

काठमाडौं, पुस १५ गते । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो ।

यो पनि पढ्नुहोस

डिकोलाई मन परेन पेले

आन्द्राको क्यान्सरबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उहाँको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।



ब्राजिललाई तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । पेले सन् १८५८, १९६२ र १९७० को विश्व कप विजेता हुन् । तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गर्नुभएको छ । 


उहाँले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गर्नुभएको छ । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । बीबीसी