• २३ असार २०८१, आइतबार

पुस १७ गते प्रदेश १ को सभा आह्वान

blog

प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङ । फाइल तस्बिर

विराटनगर, पुस १२ गते । प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेका लागि आह्वान भएको हाे ।

प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गर्नुभएको हो।